सहकारी प्रकरणको छानबिन गर्न बनेको समितिले न्याय दिन सक्दैन : चित्रबहादुर केसी

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी प्रकरणको छानबिन गर्न बनेको समितिले न्याय दिन नसक्ने बताएका छन् ।
सोमबार काठमाडौँको माइतीघर पुगेर सहकारी पीडितको आन्दोलनलाई समर्थन जनाउँदै केसीले सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने र पीडितहरूले न्याय नपाउने बताएका हुन् ।
उनले सत्ताकै आडमा सहकारी बचतकर्ताको रकम हिनामिना भएको भन्दै सांसदहरू रहेको छानबिन समितिले सत्ताको प्रभावका कारण निष्पक्ष काम गर्न नसक्ने जिकिर गरे ।
केसीले राज्य शक्तिको आडमा नेपाली जनताको पसिनामा कसैले पौडी खेल्न नपाउने उल्लेख गरे । सहकारीबाट बचत रकम फिर्ताका लागि निर्णायक आन्दोलन गर्न उनले सुझाव दिए ।
सहकारी बचत अपचलनकर्तालाई कारबाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरे पनि कार्यान्वयन नभएको भन्दै पीडितहरूले माइतीघरमा निरन्तर प्रदर्शन गरिरहेका छन् । सरकारले आफूहरूसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जनाएको छ ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया