संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- सांसद मनिष झाले सङ्घीय संसद् सचिवालयका कर्मचारीले राखेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले सचिवालयका कर्मचारीले राखेका माग सक्दो चाँडो समाधानका निम्ति सरकारको ध्यानाकर्षण गराए ।
सांसद रामकृष्ण यादवले मुलुकमा व्याप्त असुरक्षा, बेरोजगारी र भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरे । उनले किसानले दूधको भुक्तानी रकम पाउन नसकेको गुनासो गरे ।
सांसद रमा कोइरालाले संसद् सचिवालयका कर्मचारीका माग वार्ताको माध्यमबाट समाधान गरी समयमै संसद्को बैठक सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराइन् । झापाका सुपारी किसान पछिल्लो समयमा मर्काका परेको उल्लेख गर्दै उनले सक्दो चाँडो सुपारी निर्यातको व्यवस्था गर्न माग गरिन् ।
सांसद कोइरालाले गैरकानुनी रूपमा कामदारका रूपमा इराक पुर्याउने काम भइरहेकाले श्रम मन्त्रालयको ध्यानाकर्षण गराए ।

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया