नेताहरूले राजनीतिक यात्राको उद्देश्य बिर्सिने अवस्था आयो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताहरूले राजनीतिक यात्राको उद्देश्य बिर्सिने अवस्था आएको बताएका छन् ।
नन्दप्रसाद जानुका फाउन्डेसनले सोमबार काठमाडौँमा आयोजना गरेको कर्मयोगी नन्दप्रसाद शिवाकोटी माइला दाइ स्मृति ग्रन्थ विमोचन गर्दै थापाले नेताहरू सांसद, मन्त्री, प्रधानमन्त्रीको रेसमा दौडनका लागि व्यस्त हुने गरेकाले राजनीतिक यात्राको उद्देश्य बिर्सिने अवस्था आएको बताएका हुन् ।
उनले पटक-पटक प्रधानमन्त्री बन्नुको कारणबारे अहिलेको प्रधानमन्त्री प्रचण्डलाई पनि सोधेको जिकिर गरे । अहिलेको राजनीतिक सरकार ढाल्ने, गिराउने, चुनाव लड्ने जित्नेमा केन्द्रित हुँदा मिसन हराएको जस्तो देखिएको उनको भनाइ छ । थापाले कांग्रेसभित्रको फोहर थोरै र सफा धेरै भए पनि सफाको चर्चा कम हुने गरेको धारणा राखे । पार्टीभित्र फोहर गर्नेलाई भगाउँदै सफा गर्न सही पात्रहरू खोज्नुपर्ने उनले बताए ।
थापाले अग्रज नेताहरूको योगदानका कारण अहिले आफूहरू विभिन्न पद र जिम्मेवारीमा पुगेको भन्दै उनीहरूको भूमिकालाई बिर्सन नहुने धारणा राखे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया