काठमाडौँ महानगरको २५ अर्ब ७० करोड बजेट प्रस्तुत

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । सोमबार महानगरको १५औं नगरसभा बैठकमा उपप्रमुख सुनिता डंगोलले उक्त बजेट विनियोजन गरेकी हुन् ।
महानगरले आगामी आर्थिक वर्षमा ११ वटा गौरवका योजना अगाडि सारेका छन् । त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डंगोलले जानकारी दिएकी छन् ।
त्यस्तै काठमाडौँ महानगरपालिकाले २ अर्ब बराबरको ३० वटा स्वर्णिम योजना ल्याएका छन् । जसमा ढलरहित नदीलगायत रहेका छन् ।
काठमाडौँ महानगरले गत वर्ष २४ अर्ब ८ करोडको बजेट प्रस्तुत गरेको थियो । चालु आर्थिक वर्षमा महानगरले १० अर्ब ८० करोडको राजस्वसहितको आम्दानी गरेको र हाल महानगरको बैंक खातामा १३ अर्ब २३ करोड रहेको डंगोलले जानकारी दिएकी छन् ।
महानगरले गत वर्षको बजेटको ९ अर्ब ३३ करोड मात्र खर्च गरेको उनले बताएकी छन्, जुन कुल बजेटको ३९ प्रतिशत मात्र हो ।

बागमतीका मुख्यमन्त्री बानियाँलाई मत दिन कांग्रेसको ह्वीप

प्राकृतिक देवता मान्दै भ्यागुतालाई भात

बागमतीका मुख्यमन्त्री बानियाँले २७ साउनमा विश्वासकाे मत लिने

सहरमा बस्नेलाई शिविरमार्फत सेवा !

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

मत्स्य केन्द्र कुलेखानीद्वारा ६ लाख १७ हजारको माछा बिक्री

प्रतिक्रिया