प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

काठमाडौँ- आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची छ ।
आज परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै आज सांसदहरूले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश गर्ने तथा विनियोजन विधेयक, २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

सार्वजनिक संस्थानः १५ घाटामा, दुई बन्द

जेठ ६ गते संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

प्रतिक्रिया