तारकेश्वरका अध्यक्ष अधिकारीमाथि अभद्र व्यवहारको आरोप

काठमाडौँ- नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीमाथि उपाध्यक्ष र केहि वडाध्यक्षहरूलाई अभद्र व्यवहार गरेको आरोप लागेको छ । असार ९ गते कार्यपालिकाको बैठकमा अभद्र व्यवहार गरेको अध्यक्ष अधिकारीमाथि आरोप लागेको हो ।
बैठकमा २०८१/८२ को बजेटको सवालमा गाउँसभाबाट कार्यक्रमिक बजेट पेश गरौँ भनि छलफल गर्न खोज्दा गाउँपालिका अध्यक्ष अधिकारीले विषयगत बजेट मात्र प्रस्तुत गरेको उनीहरूले आरोप लगाएका छन् ।
गाउँसभा पश्चात् मनोमानी रुपमा शीर्षकगत बजेटहरू राखी एकलौटी रुपमा अघि बढेकाले सो गलत गतिविधिको विषयमा छलफल गर्दा अध्यक्ष अधिकारीले बैठक हलमा उपाध्यक्ष हरीप्रसाद रिमाल, वडा नम्बर २ का शिवप्रसाद पनेरु, वडा नम्बर ४ का अध्यक्ष हरीबहादुर पौडेल र वडा नम्बर ६ का अध्यक्ष नारायणप्रसाद रिमाललाई अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।
अध्यक्ष अधिकारीले उनीह्यरूलाई बैठक हलबाट निस्किनुहोस् भनेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
गाउँसभाको लागि विषयगत समितिहरूको बैठक नराखी विधि, प्रकृया मिचेर निरंकुश र तानाशाही प्रवृत्ति देखाएको उनीहरूले विज्ञप्तिमार्फत भनेका छन् । 'जनअभिमतको अपमान गरेकोले र विगतका वर्षहरूमा र हाल चालु आ.ब. २०८०/८१ मा चरम बेथिती, अपारदर्शिता, अनियमितताहरू अत्यधिक बढ्दै गयो' विज्ञप्तिमा भनिएको छ 'गलत गतिविधिप्रति गम्भीर आपत्ति प्रकट गर्दै तारकेश्वर गाउँपालिको अध्यक्षद्वारा गरिएको चरम बेथिती, विकृति र गलत गतिविधिको विरुद्धमा अघि बढ्न जनसमुदायमा आग्रहसहित हार्दिक अपिल गर्दछौं ।'
अध्यक्ष अधिकारी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने उपाध्यक्ष रिमाल नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया