बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

बजेटको पक्षमा मतदान गर्न एमालेको ह्वीप

फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

प्रतिनिधि सभाको मंगलबार बिहान ११ बजेदेखि सुरू भएको बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेकाले संसद्‌मा अनिवार्य उपस्थिति भएर पक्षमा मतदान गर्न एमाले प्रमुख सचेतक महेश बर्तौलाले ह्वीप जारी गरेका हुन् ।

ह्वीपमा भनिएको छ 'आज बस्ने प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१-०८२ को बजेटलाई निर्णयार्थ पेश गर्ने कार्यसूची रहेकोले बैठकमा अनिवार्य उपस्थित भई बजेटको पक्षमा मतदान गर्न एमालेका सांसदहरूलाई ह्वीप जारी गरिएको जानकारी गराउँदछु ।'

सरकारले जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको थियो । आज विभिन्न मन्त्रालयहरूको विनियोजित बजेटमा छलफल सकेर आजै बजेट पारित गर्ने तालिका रहेको छ ।