एमालेको जम्बो टोली चीन जाँदै

काठमाडौँ- नेकपा एमालेका ३० जना नेताहरूको जम्बो टोली आज चीन भ्रमणमा जाँदैछ । उपमहासचिव विष्णु रिमाल नेतृत्वको ३० सदस्यीय टोली आज १० दिने चीन भ्रमणमा जान लागेका हो ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा एमाले नेताहरू त्यसतर्फ जान लागेका हुन् । भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहसँग भेटवार्ता हुने एमालेले जनाएको छ । टोलीले चीनको बेइजिङसहित विभिन्न प्रान्तको भ्रमण गर्नेछ ।
भ्रमण दलमा रिमालसहित नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतमगायत रहेको एमालेले जनाएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया