शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

ओयोले दुबईमा लक्जरी होटल खोल्दै

काठमाडौँ- भारतीय अनलाइन होटल बुकिङ साइट ओयो रुम्सले युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईमा लक्जरी होटल खोल्ने भएको छ ।

रितेश अग्रवालको नेतृत्वमा रहेको ओयोले खाडी सहरमा आउने भारतीय पर्यटकको बढ्दो सङ्ख्यालाई फाइदा पुर्‍याउने उद्देश्यले दुबईमा प्यालेट रोयल रिफ्लेक्सन होटल एण्ड स्पा नामक आफ्नो पहिलो लक्जरी होटल खोल्ने घोषणा गरेको इन्डियन स्टार्टअप न्यूजले जनाएको हो ।

कम्पनीले यो वर्ष १ लाखभन्दा बढी भारतीय पर्यटक दुबई आउने अपेक्षा गरेको छ ।

हाल ओयोले यूएईमा ७ सय  भन्दा बढी होटल रुमहरु संचालन गरिरहेको छ । तीमध्ये २ सय भन्दा बढी दुबईमा अवस्थित छन् ।