‘अझै तीन दिनसम्म मौसममा सुधार हुँदैन’

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिनसम्म मौसममा कुनै सुधार नहुने जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिण भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकाले तीन दिनसम्म मौसममा कुनै सुधार नहुने विभागका मौसमविद् समिर श्रेष्ठले बताए ।
देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम प्रदेश र कर्णालीमा धेरै र देशका पहाडी भू–भागका केही स्थानहरुमा हल्का वर्षा भएको श्रेष्ठले बताए । तीन दिनसम्म मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउनुपर्ने उनको भनाइ छ ।
उनले बर्षायाम भएकाले सबै क्षेत्रमा हुने जोखिमलाई मध्यनजर गर्दै सतर्क हुनुपर्ने बताए ।

विपन्न मुक्तकमैया, मुक्तहलियाका घरमा खानेपानीका धारा जडान

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

शुक्लाफाँटामा २० वर्षमुनिका किशोरी आमा बन्ने दर बढ्दो

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी जैसवाल पक्राउ

मिथुनको आश मारेको काम बन्ने, कन्याको दाम्पत्य जीवनमा खुसियाली छाउने

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

प्रतिक्रिया