सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

आर्थिक विधेयक बहुमतले स्वीकृत

काठमाडाैँ - प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८१ बहुमतले स्वीकृत भएको छ ।

सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नमाथि अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकी थिइन् । 

 बैठकमा अहिले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथिको सैद्धान्तिक छलफल सुरु भएको छ ।