अफगानिस्तानमा एक वर्षभित्र १५० परियोजना सुरू

काबुल - पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा एक वर्ष भन्दा कम समयमा ४.५ मिलियन अमेरिकी डलर लगानीका १५० वटा कृषि तथा पूर्वाधार परियोजनाको निर्माण कार्य सुरु भएको एक स्थानीय अधिकारीले बताएका छन् ।
परियोजनाहरूमा जलाशय बाँध, सडक, सुरक्षात्मक पर्खाल र पानी नहरहरू, साथै प्रान्तको एन्जेल, गुजारा र जेन्डाजन जिल्लाका छेउछाउका कुवाहरू समावेश रहेको हेरातको प्रान्तीय सरकारका प्रवक्ता निसार अहमद इल्यासले बताए ।
सार्वजनिक उपयोगिताका परियोजना कार्यान्वयन गरेर छ हजार गाउँलेका लागि रोजगारीको अवसर सिर्जना गरिएको इल्यासले भने । स्थानीय अधिकारीहरूले प्रान्तमा सन्तुलित विकास, रोजगारी सिर्जना र जनताको जीविकोपार्जन सुधारमा ध्यान दिएका छन् ।
अफगान कार्यवाहक सरकारले आर्थिक चुनौतीहरूको सामना गर्ने र रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्देश्यले युद्धग्रस्त देशभरि थप कृषि र पूर्वाधार परियोजनाहरू सुरु गर्ने योजना बनाएको छ ।
रासस
इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह
इरानद्वारा इजरायलमा जवाफी आक्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_bkblhYIt65_pjoarntqqh2xn5c1tdayy7zcqmxkehi67br4yanfcbdwfiuntzldpqdo4gyz.jpg)
टेक्सासमा बाढीले १० जनाको मृत्यु

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बोलाए अमेरिका

अहमदावाद दुर्घटनाः ब्ल्याक बक्स भेटियो

इरानद्दारा इजरायलमाथी १०० बढी ड्रोन हमला

प्रतिक्रिया