आन्तरिक वा बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौं : अर्थमन्त्री पुन

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताए ।
उनले भूकम्पछिको पुनःनिर्माणका क्रममा ऋणको मात्रा बढे पनि आर्थिक वृद्धि भने भइरहेको बताए । 'आन्तरिक ऋण लिँदा निजी क्षेत्रले कर्जा नपाउने अवस्था आउन नदिन सरकार सचेत छ, ऋणको नयाँनयाँ सम्भावनाबारे बजेटले स्पष्ट पारेको छ,' उनले भने, 'भूकम्पपछिको पुनःनिर्माणका क्रममा ऋणको मात्रा बढेको हो तर उक्त ऋणले लगातार सात प्रतिशतको आर्थिक वृद्धिमा सहयोग गरेको अवस्था थियो ।' सरकारले आन्तरिक ऋण कम गर्ने कोसिस गरिरहेको अर्थमन्त्री पुनको भनाइ छ ।

‘मधेसमा पानीको समस्या जटिल बन्दैछ’

कुलिङ् अफ पिरियड प्रकरणको छानबिन समितिको संयोजक कांग्रेसलाई दिँदा प्रश्न उठ्छ…

आन्दोलनरत चिकित्सकका माग सम्बोधन गर्न सांसदको माग

प्रतिनिधिसभा बैठक छाडेर हिडे रास्वपा र राप्रपाका सांसद

अपडेटः ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिन समितिका यी हुन ७ सदस्य

बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिनूः सभाभुख घिमिरे

राष्ट्रिय सभाबाट दुई विधेयक पारित

प्रतिक्रिया