शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध

चितवन - मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो जाँदा सडक एकतर्फी संचालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो ।

डिभिजन कार्यालयले सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ गएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने जानकारी दिएको छ ।