भारतसँगको सम्बन्धमा पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीले के भने ?

काठमाडौँ - पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पाकिस्तानले भारतसँग राम्रो सम्बन्ध चाहेको बताएका छन् ।
इशाक दारले पाकिस्तान सरकारको थिंक ट्या्रक इन्स्टिच्युट अफ स्ट्राटेजिक स्टडीजको ५१ औं स्थापना दिवसको अवसरमा सो कुरा बाेलेका हुन् ।
डारले भने, 'भारतसँगको हाम्रो सम्बन्ध विगतमा ऐतिहासिक रूपमा खराब रह्यो । तर पाकिस्तान निरन्तर शत्रुतामा विश्वास गर्दैन। हामी भारतसँग पारस्परिक सम्मान, सार्वभौमसत्ता र जम्मू कश्मीर मुद्दाको समाधानको आधारमा राम्रो सम्बन्ध चाहन्छौं। पाकिस्तानले भारतको एकपक्षीय निर्णय वा थोपा नेतृत्वलाई कहिल्यै स्वीकार गर्दैन। हामी दक्षिण एसियामा रणनीतिक स्थायित्व कायम गर्न हरेक कदम चाल्न तयार छौं ।' इशाक दारले धारा ३७० को पनि उल्लेख गरे जुन ५ अगस्ट २०१९ मा हटाइयो।
डारले भने, 'यो भारत र पाकिस्तानको भविष्यको बारेमा कुरा गर्ने राम्रो समय हो र अगस्ट ५, २०१९ मा कश्मीरबाट धारा ३७० लाई खारेज गर्ने भारतको एक्लो र अवैध निर्णय, जसले द्विपक्षीय सम्बन्धलाई असर गरेको छ। अब यो भारतमा भर पर्छ कि त्यस्ता कदमहरू चाल्नु पर्छ जसले गर्दा प्रत्येक मुद्दामा दुई पक्षबीच सञ्चार स्थापित होस्।'
इशाक दारले पाकिस्तानसँगको सम्बन्ध सुधार गर्न भारतले सकारात्मक कदम चाल्नुपर्ने र यसका लागि पाकिस्तान पनि तयार रहेको बताए ।

चिनिया बिदेश मन्त्रीले भनेः चीन इरानकाे समर्थनमा उभिन्छ

युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु विमान ध्वस्त
इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह
इरानद्वारा इजरायलमा जवाफी आक्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_CBdY5aGYuT_nu6aezqcnskef2fs9fovt8q1ob3mpsp1fd0tzwqiwccmg8zjwqpq8joiiyqx.jpg)
टेक्सासमा बाढीले १० जनाको मृत्यु

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बोलाए अमेरिका

प्रतिक्रिया