बुधबार २० चैत, २०८१
Wednesday, April 02, 2025

पुस्तक प्रकाशनका विषयमा सेनाको अन्तरक्रिया

काठमाडौं :  नेपाली सेनाले 'नेपाल एकीकरणको इतिहास बि.सं.१८०१-१८७२' सम्बन्धी पुस्तकका विषयमा अन्तरक्रिया गरेको छ । सेना दिवस २०७७ मा विमोचन गर्ने तयारीमा रहेको पुस्तकबारे पुस्तक लेखन कार्यमा संलग्‍न इतिहासविद्, भुगोल, संस्कृति तथा पुरातत्वविद् र उपत्यका तथा जङ्गी अड्डाका विषयविज्ञ सैनिक अधिकारीहरूबीच अन्त्ररक्रिया गरिएको हो ।

सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार  अन्तक्रियामा पुस्तक लेखन कार्यमा संलग्‍न प्राध्यापक डाक्टर त्रिरत्न मानन्धर, प्राध्यापक दिनेशराज पन्त, प्राध्यापक कमलराज सिंह राठौर तथा सह प्राध्यापक डाक्टर विनोद थापाले पुस्तकबारे प्रकाश पारेका थिए । प्राध्यापक डाक्टर भावेश्‍वर पंगेनी, प्राध्यापक डाक्टर टेक बहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर राजाराम सुवेदी तथा प्राध्यापक हेमन्त शम्शेर राणाले पुस्तकमा समेट्ने विषयमा सुझाव दिएका थिए । 

अन्तरक्रियाले नेपालको एकिकरणका विषयमा रहेका दुविधा वा तथ्यगत विवादहरूका विषयमा विषयविज्ञहरुबाट प्राप्त राय सुझाव समेटेर पुस्तक प्रकाशन गर्न सहयोग पुगेको निर्देशनालयले बताएको छ ।