बागमती प्रदेशमा चालु आवमा पुँजीगत खर्च ५०

हेटौँडा - बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष बजेटमध्ये गत जेठ महिनासम्म जेठ महिनासम्ममा पुँजीगततर्फ ५० दशमलव ३१ प्रतिशत र चालुतर्फ ५४ दशमलव ११ प्रतिशत बजेट खर्च भएको छ ।
प्रदेश सरकारले चालु आवका लागि कूल रु ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेकामा गत वैशाख मसान्तसम्ममा ४१ दशमलव २६ प्रतिशत र चैत मसान्तसम्ममा ३५ प्रतिशतभन्दा कम खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्यांक छ ।
प्रदेश सरकारले चालु आवको वैशाखसम्ममा कूल बजेटमध्ये रु २५ अर्ब ८७ करोड ६१ लाख १० हजार आठ सय ५३ खर्च गरेको थियो । चालु आवका लागि चालुतर्फ रु २६ अर्ब ४२ करोड १२ लाख ४५ हजार, पुँजीगततर्फ रु ३५ अर्ब ७८ करोड ७८ लाख ३३ हजार र वित्तीय व्यवस्थातर्फ रु ५० करोड विनियोजन गरिएको थियो ।
गत वैशाख महिनासम्म पुँजीगततर्फ ३८ दशमलव ३८ प्रतिशत, चालुतर्फ ४५ दशमलव ९५ प्रतिशत खर्च भएको थियो । बजेट खर्चमा कमजोर रहेको प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको बजेट खर्च भएको छैन । वित्तीय व्यवस्थातर्फ विनियोजन गरिएको बजेट विगतका वर्षमा खर्चअनुसार उपलब्धि नदेखिएकाले चालु आवमा खर्च नगरिएको जनाउँदै आएको मन्त्रालयले आगामी आवमा पनि वित्तीय व्यवस्थातर्फ बजेट विनियोजन गरेको छ ।
काम सम्पन्न भएका योजनाको भुक्तानी, बिल फरफारकलगायतका काम असार महिनामा पनि हुने र खर्च प्रतिशत बढ्ने मन्त्रालयको दाबी छ ।

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

विधिको शासन बलियो बनाउन देशभर बहस अभियान चलाऔँः उपप्रमुख डंगोल

जाकाराण्डा फूलको संरक्षण गर्दै ललितपुर महानगर

तपाईंसँग थन्किएर बसेको ह्विलचियर छ ?

निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्यामा कमी

प्रतिक्रिया