भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा

काठमाडौँ- भेनेजुएला कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेको छ । बिहीबार बिहान भएको खेलमा भेनेजुएलाले मेक्सिकोलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेर क्वाटरफाइनलमा पुगेको हो ।
मेक्सिकोविरुद्धको जितमा खेलको ५७औं मिनेटमा सालोमोन रोनडोनले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । उनले पेनाल्टीमार्फत गोल गरेका थिए ।
यो जितपछि २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको छ र क्वाटरफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ । त्यस्तै मेक्सिकोको भने २ खेलमा ३ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा छ ।
अब भेनेजुएलाले समुह चरणको अन्तिम खेल जुलाई १ मा जमैकासँग खेल्ने छ भने मेक्सिकोले सोहि दिन इक्वेडरसँग खेल्ने छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया