फेल भएका एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने

काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।
एसइईको नतिजा सार्वजनिक भएसँगै एक लाख २६ हजार विद्यार्थीले कक्षा १० मा दोहोर्याएर पढ्नुपर्ने भएको छ ।
‘नन् ग्रेडेड’मा परेका दुई लाख ४२ हजार ३१३ जनामध्ये एक लाख २६ हजार २९७ विद्यार्थीले दुईभन्दा बढी विषयमा न्यूनतम ग्रेड ल्याउन नसकेपछि दोहोर्याएर कक्षा १० मा पढ्नु पर्ने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार दुई वटासम्म विषयमा नन् ग्रेडेड हुने विद्यार्थी एक लाख १५ हजार ८३४ जना छन् । एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको संख्या ६७ हजार ७९६ छ । ४८ हजार ३८ विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन् । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जानकारी दिएको छ ।
नतिजाअनुसार, यसवर्ष परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७. ८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् ।
यसवर्ष १८६ जनाको ४ जिपिए आएको छ भने ५२.१४ प्रतिशत परीक्षार्थी फेल भएका छन् । त्यस्तै २२१ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ । ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थीमध्ये २,४२,०९२ को एनजी आएको हो ।
_qB7XDNlX8t_gavt4ocfksdwut3vyfmlwmpttgt4ei2dgmdifi2ebt4tnewhgpaluntwcnad_my1fckJlRW_zvpo4ypmoq8no3gosay3d2svhe1efvvfpiz1s8h3qviw7gveakxf2k8bsek6.jpeg)
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा

एसईईमा परीक्षा ६१.८१ प्रतिशत ग्रेडेड

एसईईको नतिजा सार्वजनिक

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

प्रतिक्रिया