गोकुल बास्कोटाको प्रश्न : किसानलाई रुवाएर सरकार हाँसेर बस्न मिल्छ ?

काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाले दूध बेचेर जीविकोपार्जन गर्ने किसानहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बास्कोटाले सरकार पटक पटक परिवर्तन हुँदा पनि वर्षौं देखिएको दुग्ध किसानहरूको समस्या समाधान नभएको भन्दै उनीहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । किसानहरूको ५ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी बाँकी रहेको अवस्थामा किसानलाई रुवाएर सरकार हाँसेर बस्न नमिल्ने उनले बताए ।
दुग्ध किसानका बारेमा प्रधानमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । बास्कोटाले धुलो दूध बाहिरबाट ल्याएर स्वदेशी किसानलाई मर्कामा पार्ने काम भएको भन्दै आपत्ति जनाए ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया