मेलम्ची र हेलम्बुको घटनाबाट पाठ सिक्नुपर्छ : गोसाई

हेटौंडाः बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले प्राकृतिक विपद्मा सरकार सक्रिय नभएको बताएका छन् । प्राकृतिक विपत्तिमा परेका जनताको उद्दार तथा सेवाको लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक हुनुपर्ने उनको भनाइ छ । विपद्मा प्रदेश सरकार सक्रिय हुनुपर्नेमा कमजोर र उदासीन देखिनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।
सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुलगायतका क्षेत्रमा गएको बाढी र पहिरोको सन्दर्भमा उनले यस्तो बताएका हुन् । शनिबार बागमती प्रदेशसभाको प्रदेश मामिला समितिको बैठक भर्चुअल बसेको थियो । बैठकमा गोसाईले अहिलेको आवश्यकता राहत मात्रै नभएर मेलम्ची र हेलम्बुको घटनाबाट पाठ सिकेर अन्य जोखिम स्थानमा सर्तक हुनुपर्ने बताए ।
सिन्धुपाल्चोकमा गएको बाढीबाट ठूलो धनजनको क्षति भएको भन्दै समितिका सभापति माधव पौडेलले प्रदेश भित्रका अन्य ठाँउहरू पनि जोखिमयुक्त रहेकाले तत्काल प्राकृतिक विपत्तिको तत्कालीन र दीर्घकालीन् समस्या समाधानको लागि विस्तृत विवरण तयार गरी विपद् न्यूनीकरणमा प्रदेश सरकारलाई आवश्यक मार्ग दर्शन गर्न विभिन्न उपसमितिहरू समेत गठन भएको जानकारी दिए ।
प्रदेश मामिला समितिले बागमती प्रदेश सरकारलाई आर्थिक वर्ष ०७८/७९ मा विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि गरेको बजेट विनियोजनको विवरण माग गरेको छ । प्रदेश सरकारलाई विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि के कस्ता कार्यक्रम ल्याउने तथा के कति रकम विनियोजन भएको छ सो सम्बन्धमा समितिलाई १५ दिनभित्र विवरण पेश गर्न समितिले माग गरेको हो ।
यस्तै समितिले प्रदेश भित्रका नागरिकहरूमा कोभिड-१९ खोपको पहिलो र दोस्रो मात्रा लगाउनेको संख्याको तथ्याङ्क माग गर्दै सो सम्बन्धमा पहिलो चरणमा रसुवा, धादिङ्ग र नुवाकोटमा स्थलगत रुपमा विवरण संकलन गर्ने निर्णय गरेको समितिका सचिव त्रिपुरारी बख्रेलले जानकारी दिए । प्रदेशभित्रका सबै जिल्लामा सरकारले गरेको यथार्थ खर्चको विवरण १५ दिन भित्र प्राप्त हुने गरी माग गर्ने समितिले निर्णय गरेको छ ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया