एसइईमा शतप्रतिशत अंक ल्याएर जिल्लाको मान राखिन् अञ्जलीले

रौतहट- शिक्षा र साक्षरताको क्षेत्रमा देशकै पुछारमा रहेको सिंगो रौतहट जिल्लामा एक जना छात्राले उत्कृष्ट नतिजा ल्याएकी छिन् ।
अञ्जलीकुमारी झाले एसइई परीक्षामा शतप्रतिशत पूर्णाङ्क ल्याएर मान राखेकी हुन् ।
बिहीबार प्रकाशित भएको २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा शतप्रतिशत अंक (फोर जिपिए) ल्याएर अञ्जलीले सिंगो जिल्लाकै मान राखेकी हुन् ।
रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिका-३ मत्सरी गाउँका अशोक झाकी छोरी अञ्जलीले वडा नम्बर १ स्थित बाल निकेतन रेसिडेन्टल स्कुलमा प्रारम्भिक शिक्षा कक्षा १ देखि ७ सम्म अध्ययन गरेकी थिइन् ।
सुरुदेखि नै अत्यन्तै लगनशील, मिहिनेती र अनुशासित छात्राको रूपमा रहेकी विद्यालयका संस्थापक अश्वीन चौधरीले बताएका छन् ।
उनी कक्षा ८ देखि सरस्वती माध्यमिक विद्यालय पिपरा भलोहियामा अध्ययन गरिरहेकी थिइन् ।
प्रकाशित भएको नतिजाअनुसार उनी शतप्रतिशत अर्थात (४ जिपिए) ल्याए उत्तीर्ण भएकी हुन् । सिंगो नेपालमै १८६ जना परीक्षार्थीले मात्रै उनको बराबर नम्बर ल्याउन सकेको देखिन्छ ।
एसइई परीक्षाको नतिजामा देशभरिमा शतप्रतिशत (४ जिपिए) नम्बर ल्याएर १८६ जना छात्रछात्राहरू उत्तीर्णमध्ये अञ्जली पनि एक हुन् ।
जिल्ला शिक्षा समन्वय इकाई रौतहटका परीक्षा सहायक दीपेन्द्र सिंहले पनि जिल्लामा शतप्रतिशत ल्याउने एक जना अञ्जलीकुमारी झा मात्र रहेको पुष्टि गरेका छन् ।
परीक्षा सहायक सिंहका अनुसार एसइई परीक्षा २०८० मा रौतहटबाट कुल सहभागी ९ हजार १९३ परीक्षार्थीमध्ये ६ हजार ४८५ जना विभिन्न जिपिए ल्याएर उत्तीर्ण भएका छन् । बाँकी २ हजार ७०८ जना परीक्षार्थी अनुत्तीर्ण भएको जिल्ला समन्वय इकाई रौतहटले जनाएको छ ।

चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ

रौतहटमा युवतीको शंकास्पद मृत्यु, माइती पक्षले दिएको उजुरी प्रहरीले लिन मानेन

टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु

चट्याङ लागेर रोहिताको मृत्यु
_9bYNMXt563_4kghd3etts9xii2mpbtwbky9ed4dw86iat3lxibvdhzch8rca19e3mas2hc8_iF4OBknMjV_3md7sdtkg4a0pzbci3rj4xxbemw0pfvurmqzgxb84sbtcr3emurwcwmxbdgg_LqjdmPB9dx_tutyirgpo4bwlihhefmjhsdug3724es7u3m3zmtz0yyu9kc74qujw6bzry7o.jpg)
वीरगञ्ज महानगरमा लगाइएको निषेधाज्ञा हट्यो

भन्सार छलीको सामानसहित टेम्पो चालक पक्राउ
_85S17gr6k1_iwjgcxuqcfhegpie4xr3vms7lkvjop7sjahm1nffoew2ygtgp8ncqcax3a91_EmozxV7e7V_dg3cuvlyqcxcjn1ho8t5d1pfn9lc4uufmk4odvrgz6gjj98rx1r4bqckyeze.jpg)
बिवाह अर्कैसँग भएपनि मालिनीसँगको प्रेममा कमी नआएपछि बैशाख १ गते मात्रै फूल्छ…

प्रतिक्रिया