सडक नहुँदा हेलम्बुमा राहत पुर्याउन समस्या

काठमाडौँ : असार १ गतेको बाढीले सबैभन्दा धेरै क्षति पुर्याएको सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिकामा राहत पुर्याउन समस्या भएको छ । मेलम्ची नगरपालिका केही ठाँउ र हेलम्बुका अधिकांश स्थानमा नदीले सडक कटान गरेका कारण स्थलमार्गबाट राहत सामग्री पुर्याउन समस्या भएको हो ।
बाढीले मेलम्ची नगरपालिकाको सिमखेत भन्ने स्थानमा सडक कटान गरेको छ । सो स्थानमा आजबाट मात्रै सडक सुचारु भएको छ । सडक नबन्दा हेलम्बु गाँउपालिकाको सिमानासम्म पनि सडकमार्गबाट राहत लैजान सकिएको थिएन । सो स्थानमा सडक सुचारु हुँदा हेलम्बु गाँउपालिकाको चनौटेसम्म यातायात सञ्चालन गर्न सकिन्छ ।
चनौटेमा रहेको रातोपुल पनि जोखीमयुक्त भएपनि यातायात भने सञ्चालन भइरहेको छ । हेलम्बु गाँउपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले चनौटेको पुललाई बचाउन सके राहत र पुनस्थापनाको काममा सजिलो हुने बताए । जिल्ला विपद् व्यवस्थापन समितिले राहत वितरणमा एकरुपता ल्याउनको लागि भन्दै एकद्वार निति लागु गरेको छ । जसअन्तर्गत दाताले ल्याएको सबै राहत सामाग्री मेलम्चीस्थित इन्द्रेश्वरी माद्यामिक विद्यालयमा गोदाम गरीएको छ । सो स्थानमा गोदाम गरिएको सामाग्री पीडितको हातसम्म पुग्न सकेको छैन ।
हेलम्बु गाँउपालिकामा लैजान भनी दाताले ल्याएको राहत सामग्री समेत मेलम्चीमा नै रोक्ने गरिएको छ । हेलम्बुमा भने हेलिकोप्टरबाट पुर्याइएका सामग्रीको मात्रै भर पर्नुपर्दा पिडितले आधारभुत आवश्यकताका सामग्री समेत पाउन सकेका छैनन् ।
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया