नेपाल-भारतबीचको प्रगाढ सम्बन्ध कायमै राख्नुपर्नेमा जोड

कास्की- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलाई नेपाल–भारतबीचको प्राचीन सम्बन्धलाई कायमै राख्नुपर्नेमा जोड दिएका छन् ।
पोखरा-१२ रामघाटस्थित अमरसिंह माविको आज अवलोकन गर्दै राजदूत श्रीवास्तवले विद्यालय भवन निर्माणका लागि दूतावासले रु २० करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भारतको रक्षाका लागि गोर्खा सैनिकहरूको योगदान रहेको स्मरण गर्दै उनले नेपालमा भारतीय भूपु नेपाली सेनामार्फत विभिन्न खानेपानी, शिक्षा, स्वास्थ्य र सडकलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई बलियो बनाउन आफू प्रतिबद्ध भएको बताउँदै नेपालमा प्रवेश गर्ने सडकको स्तरोन्नति गर्दै पर्यटकलाई सहज रूपमा यातायातको व्यवस्था मिलाउन आफूले भूमिका खेल्ने पनि उल्लेख गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शेरबहादुर थापा तथा वडा नं १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले आफ्ना भनाइ राखेका थिए ।
नेपालकै नमुना माविका रूपमा परिचित अम्मरसिंह माविमा दुई हजार नौ सय विद्यार्थी अध्ययनरत छन् भने एक सय ३७ शिक्षक कर्मचारी छन् । दुई सयभन्दा बढी रोपनीमा फैलिएको उक्त विद्यालय पोखराकै पुरानो विद्यालयका रूपमा चिनिन्छ । नेपाल–भारत मैत्री सङ्घअन्तर्गत मेजर वीरसिंह गुरुङको पहलमा दूतावासले ५५ वर्षअघि विद्यालयका भवन निर्माण गर्नुका साथै केही वर्षअघि पुस्तकालयको भवन र पुस्तक हस्तान्तरण गरेको थियो ।

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

प्रतिक्रिया