यी ४ विषयमा सहमति जुट्न नसकेको टीआरसी विधेयक, शीर्ष नेताले आज फुकाउलान सहमतिको गाँठो ?

काठमाडौँ- प्रमुख राजनीतिक दलबीच शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनेबारे ठोस सहमति जुटेन सकेन । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारमा बोलाएको प्रमुख दलहरूको टीआरसी विधेयकमा सहमति खोज्न बसेको बैठकमा ठोस सहमति नभएको हो ।
कानुन मन्त्री पदम गिरीले छलफलका क्रममा मुख्यतः ४ वटा बुँदामा सहमति जुट्न नसकिरहेको बताए । उनले आजको छलफलले ती बुँदाहरूमा निकट भविष्यमै सहमति जुटेर निश्कर्षमा पुगिने विश्वास व्यक्त गरे ।
टीआरसी विधेयकमा अहिले गम्भीर मानवअधिकार र मानवअधिकार उल्लंघनमा कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने, बालसेनामा भर्ती भएका र द्वन्द्व पीडितलाई दिने क्षतिपूर्तिलगायतका विषयमा सहमति जुट्न बाँकी छ ।
आजको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू सहभागी थिए ।
बैठकपति संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री गिरीले भने, ‘सङ्क्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउनुपर्छ । त्यसका लागि सबै जिम्मेवार पनि हुनुपर्छ । जुनजुन बुँदा सहमति जुट्न सकेका छैनन् ती विषयमा सहमतिमा पुग्ने विषयमा एकमत भयो ।’

सरकारमा जाने विषय हाम्रो प्राथमिकतामा छैनः अध्यक्ष दाहाल

'सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्छ'

कैलाली कारागार मृत्यु प्रकरण : गृहमन्त्री लेखकले बोलाए सुरक्षा निकायका प्रमुखल…

एआईको प्रयोग गरी अधिकतम लाभ लिन सक्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदाः प्रधानमन्त्री ओली

सभापति देउवाद्वारा जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त

नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव

प्रतिक्रिया