उरुग्वेको कोपा अमेरिकामा लगातार दोस्रो जित

काठमाडौँ- उरुग्वेले जारी कोपा अमेरिकामा लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा उरुग्वेले बोलिभियालाई ५-० गोल अन्तरले पराजित गरेको हो ।
उरुग्वेको जितमा फाकुनडो पेलीस्ट, डार्विन नुनेज, म्याक्सिमिलियानो अराउजो, फेडेरिको भाल्भर्डे र रोड्रीगो बेनटानचरले एक एक गोल गरेका थिए ।
उरुग्वेले यस अघि पहिलो खेलमा पानामालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।
यो जितपछि उरुग्वेले समुह सी मा २ खेलमा ६ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । उरुग्वेको क्वाटरफाइनलमा पुग्ने निश्चित जस्तै रहेको छ ।
समुह चरणको अन्तिम खेलमा उरुग्वेले अमेरिकाको सामना गर्ने छ भने पानामाले बोलिभियाको सामना गर्ने छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया