मदन भण्डारीको जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७३औँ जन्मजयन्ती देशको कम्युनिष्ट आन्दोलनमा उनले गरेकाे योगदानको स्मरणका साथ विविध कार्यक्रम गरी मनाइँदैछ ।
मदन भण्डारी फाउण्डेसनको आयोजनामा आज ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण तथा जबजः राजनीतिक विकास र स्थायित्व विषयक विचार गोष्ठीको आयोजना गरिएको छ ।
जन्मजयन्तीका अवसरमा यसअघि अनेरास्ववियुले यही असार १२ गते वृक्षरोपण गरिएको थियो । मदन भण्डारीले २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरेर पारित गरिएको ‘जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।
विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा आमा चन्द्रकला र बुबा देवीप्रसाद भण्डारीको माइला छोराका रूपमा उनको जन्म भएको थियो ।
विसंं २०५० जेठ ३ गते पार्टीको कामको सिलसिलामा पोखराबाट चितवन आउनेक्रममा दासढुङ्गामा दुर्घटना हुँदा उहाँसहित पार्टीका सङ्गठन विभाग प्रमुख जीवराज अश्रितको निधन भएको थियो ।
जननेता भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक मानिन्छन्।

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा के-के भयो काम ?

प्रतिनिधिसभाको बैठक बस्दै

केपी ओली बिनाको एमाले होस भन्ने चाहाना पुरा हुदैँन्ः प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीबाट हुलाकी राजमार्गको रतुवा पुल उदघाटन
रास्वपाको सामान्य प्रशासन मन्त्री गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग

राप्रपाका असन्तुष्ट नेताले निर्वाचन आयोगमा दिए उजुरी

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

प्रतिक्रिया