संसद् बैठकमा केसीको कविता : काण्डैकाण्ड महाकाण्ड, खोइ छानबिन प्रतिवेदन ?

काठमाडौँ- नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले कवितामार्फत सरकारलाई व्यङ्ग्य गरेका छन् ।
शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै नेता केसीले सरकारका काम कारबाहीप्रति कवितामार्फत व्यङ्ग्य गरेका हुन् ।
केसीले संसद्मा वाचन गरेको कविता :
न राज्य नीतिले चल्छ न विधि न त पद्धति
शीर्षस्थ सिन्डिकेटको राज थपिँदै नवसम्मति ।
संसद्को सार्वभौमिकता मिचियो लोकसम्मती
हरायो लौन खोजी पाउँ शून्यमा शून्यको गति ।
सांसद संसद्मा बोल्छन् सम्बोधन हुन्न केही पनि
गर्जन हुन्छ बीचबीचमा थोपै बर्सन्न तैपनि ।
काण्डै काण्ड महाकाण्ड, खोइ छानबिन प्रतिवेदन ।
किन ल्याइन्न संसद्मा स्वार्थ हो, डर हो किन ?

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया