बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

आफ्नो मागहरु यथावत रहेको भन्दै दबाबमूलक कार्यक्रम जारी राख्ने गोविन्द केसीको भनाइ

फाइल फोटो

काठमाडौँ - प्राडा गोविन्द केसीले आफ्नो मागहरु यथावत् रहेको भन्दै दबाबमूलक कार्यक्रम जारी राख्ने बताएका छन् । 

आफ्ना माग पुरा नभए असार १४ गतेदेखि अनसन बस्ने यसअघि नै घोषणा गरेका डा केसीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शुभेच्छुकको सुझाव अनुसार अहिले अनसनको कार्यक्रम स्थगन गर्दै दबाबमूलक कार्यक्रम जारी राख्ने बताएका हुन् । 

उनले सरकार लगायत सम्बन्धित निकायले समयमै प्रक्रिया अगाडि नबढाएमा तथा माग तथा सम्झौताहरू सम्बोधन गर्न ढिलाइ गरेमा कुनै बेला पनि सत्याग्रह शुरु गर्न वाध्य हुने चेतावनी दिए । चिकित्सा शिक्षा आयोगले गलत नियत बस ऐन विरुद्ध गरेको सम्बन्धन दिने निर्णय तुरुन्त फिर्ता लिन, मिलेमतो र प्रलोभनबाट प्रभावित भई न्याय विक्री गरि फैसला सम्पादन गर्ने न्यायाधीशलाई पदमुक्त गर्न उनले माग गरेका छन् । 

त्यस्तै उनले  विगतमा कार्यान्वयन नभएका सम्झौताहरू र पूरा नभएका मागहरू सम्बोधन गर्न  लगायत सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय साथै युद्ध अपराध र मानवता विरोधी घोर अपराधमा संलग्न प्रमुख नेताको हैसियतले प्रचण्डको प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिनुपर्ने माग रहेको जानकारी दिए ।