शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

एनसेल र युवा परिषद्को संयुक्त पहलमा ७ हजार ७०० बिरुवा रोपिने

काठमाडौँ- ‘राष्ट्रिय वृक्षरोपण दिवस २०८१’ अवसरमा वातावरण संरक्षण तर्फ महत्वपूर्ण कदम चाल्ने उद्देश्यसहित एक युवा, एक विरुवा अर्थात #OneYouthOnePlant अभियानको औपचारिक सुरुवात भएको छ ।  

नेपाल युवा परिषद्, एनसेल र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफ.ए.ओ) नेपालको संयुक्त आयोजनामा नुवाकोटको बिदुर नगरपालिकाबाट यो अभियानको शुक्रबार सुरुवात भएको हो । गत जेठमा विश्व वातावरण दिवसको अवसरमा एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा ७ हजार ७ सय रुख वृक्षरोपण गर्न एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । 

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले बिदुर नगरपालिकामा विरुवा रोपेर यो अभियानको उद्घाटन गरेकी हुन् । युवाहरूले राष्ट्रव्यापी पहलको ऐतिहासिक सुरुवात भएको र युवाहरूसँग उर्जा र बल भएको भन्दै उपसभामुख मगरले भनिन्, ‘यस अभियानमा सहभागी हुने युवाहरू सकारात्मक परिवर्तनको लागि शक्तिको प्रमाण रहेको भन्दै आज रोपिएका विरुवाहरू रोपेर हामीले हाम्रो वातावरणमा मात्र योगदान दिइरहेका छैनौं, भावी पुस्ताका लागि उदाहरण पनि बन्ने छ ।’ 

आजबाट सुरु अभियान आगामी असार २१ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय वृक्षरोपण दिवस २०८१ को अवसरमा गरिएको अभियानअन्तर्गत देशभरका ७ हजार ७ सय युवाले हरियाली वातावरण प्रवर्द्धन र जलवायु कार्य प्रयासहरूमा योगदान गर्दै कुल ७ हजार ७ सय बिरुवा रोप्नेछन् । यस अभियानका लागि एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) को एटिन फर एटिन कार्यक्रम अन्तर्गत नेपाल युवा परिषद्सँग सहकार्य गरेको छ ।   

राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा वातावरणको क्षेत्रमा यो उदाहरणीय सहकार्य र अभियानको सुरुवात भएको एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर प्रमुख बिशाखा लक्ष्मि खड्काले बताइन् । ‘यसले युवाहरूको सक्रिय सहभागितामा जलवायु परिवर्तनसँग लड्न र हरेक जिल्लामा हरियाली वृद्धि, वातावरण संरक्षण र दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान पुर्याउने हाम्रो विश्वास रहेको छ,’ उनले भनिन् । 

कार्यक्रममा नेपाल युवा परिषदका केन्द्रीय कार्यसमिति सदस्य एवं बागमती प्रदेशका संयोजक नविन गिरीले यस अभियानलाई देशव्यापी रूपमा पुर्याउन सहयोग गरेकोमा एनसेल र एफएओ नेपाल, शुभारम्भ कार्यक्रमका लागि विदुर नगरपालिकालाई कृतज्ञता व्यक्त गर्दै एक युवा एक विरुवा अभियानको सफलता नेपालभरका युवाहरूको सामूहिक प्रयासमा मात्र सम्भव हुने बताए । 

कार्यक्रमका सभापति एवं विदुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष गणेश कुमार नेपालले महत्वपूर्ण अभियानको शुभारम्भ आफ्नो वडाबाट भएकोमा खुसी व्यक्त गरे । ऐतिहासिक शुभघाटमा युवाले रोपेका ७७ विरुवाको संरक्षणको जिम्मा समेत वडा नं १० ले लिएको छ भने भविष्यमा सो स्थानमा पार्क निर्माण गरिने योजना समेत रहेको आयोजक संस्थाहरूले जनाएका छन् ।

कार्यक्रममा नेपाल युवा परिषद, एनसेल, एफएओ नेपाल, रैथाने नेपाल, विभिन्न सङ्घसस्थाका प्रतिनिधिहरू र स्थानीय जनप्रतिनिधि उपस्थित रहेका थिए । 
 
 
 

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

लण्डनकै दोश्रो स्थानमा पर्‍यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

एनसेल फाउन्डेसन प्रिजेन्ट्स ‘बिन देयर ह्याक्ड द्याट’, ईकोलुपले जित्यो प्रथम उपाधि

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घोषणा

बिग मार्टले मनायो १६औँ वार्षिकोत्सव, मोबाइल एपको शुभारम्भ र ब्राण्ड एम्बेसडर घो…

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

कजारियाले गर्‍यो नेपालको पहिलो र एक मात्र एच.डि पोलिस्ड टायल सार्वजनिक

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता पत्रमा हस्ताक्षर

सिप मेला २०८२ का लागि काठमाडौं महानगरपालिका र एनसेल फाउन्डेसनबीच सम्झौता प…

एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आकर्षक रिन्यूअल प्याकहरू

एनसेलले ल्यायो साप्ताहिक ९९ रूपैयाँमा अनलिमिटेड अल नेपाल कलसहित अन्य दुई आक…

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट

एससीटी–युपिआइ कार्डबाट भुक्तानी गर्दा हेल्थी अस्पतालमा ५ प्रतिशत छुट