एनएमबि बैंकले सातै प्रदेशमा मनायो एमएसएमई दिवस

काठमाडौँ- एनएमबि बैंक लिमिटेडले सातैवटा प्रदेशमा एमएसएमई दिवस मनाएको छ । अन्तर्राष्ट्रिय एमएसइमई दिवस २०२४ को अवसरमा बैंकले सातै प्रदेशमा एमएसएमई ग्राहकहरूलाई सम्मान र सहयोग गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेर दिवस मनाएको हो ।
कार्यक्रममा एमएसएमईका ग्राहकहरूलाई लेखा, वित्त, मार्केटिङ्ग, डिजिटलाईजेशन जस्ता विषयहरूको जानकारी दिँदै यसबाट अधिकतम फाइदा लिएर व्यवसाय अभिवृद्धि गर्नका लागि उत्प्रेरित गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा उपस्थित ग्राहकबीच एक आपसमा सम्बन्ध जोड्न र ग्राहकको व्यवसाय प्रवर्द्धन गर्नका लागि बैंकले सहजीकरण गर्दै व्यवसायमा आइपरेको समस्याको समाधानका लागि सुझाव दिइएको थियो भने उपस्थित केही ग्राहकहरूले आफ्नो सफलताका कथाहरू समेत सुनाएका थिए । यस कार्यक्रममा बैंकका विभिन्न शाखाबाट ८०० जना भन्दा बढी ग्राहकहरू सहभागी भएका थिए ।
एमएसएमई लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै आइरहेको यस बैंकले विगत ३ बर्षदेखि यो दिवस मनाउँदै आइरहेको छ । कार्यक्रममा उपस्थित ग्राहकले प्रतिस्पर्धात्मक बजारमा आफूलाई सशक्त बनाएर आफ्नो व्यापार व्यवसाय बढाउने समेतको आत्मविश्वास बैंकले प्रदान गरेको छ ।
एनएमबि बैंक विगत २८ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । यो बैंक ‘दि फिनान्सियल टाईम्स’ लण्डनको द ब्यान्कर पत्रिकाद्वारा ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ मा पनि उक्त पत्रिकाद्वारा हाल सम्म चार पटक नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरिसकेको छ ।
एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

भिसाको नेपाल व्यवसाय प्रमुखको रूपमा मनोज थापा

एन आई सी एशिया बैंकका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा डिजिटल भुक्…

एनएमबि बैंकद्वारा गण्डकी प्रदेशको मानवसेवा आश्रममा सोलार सामग्री वितरण

सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र राजदूत पौडेलबिच छलफल

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तर

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आय…

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

प्रतिक्रिया