टी-२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौँ- जारी आईसीसी टी-२० विश्वकपको फाइनल खेल आज हुँदैछ । फाइनलमा उपाधिका लागि भारत र दक्षिण अफ्रिकाबीच भिडन्त हुँदैछ । बरबाडोसमा हुने फाइनल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि शुरु हुने छ ।
सेमिफाइनलमा भारतले इङ्ल्याण्ड र दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
भारत २०१४ पछि पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको छ । भारतले सन् २००७ को टी- २० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । सन् २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो ।
त्यस्तै दक्षिण अफ्रिका भने पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिका यस अघि सन् २०१४ को विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको थियो । त्यसअघि सन् २००९ को विश्वकपमा सेमिफाइनलमा पुगेको थियो ।
भारत र दक्षिण अफ्रिकाबीच अहिलेसम्म २६ टी-२० खेल भएका छन् । जसमा भारतले १४ खेल जितेको छ भने दक्षिण अफ्रिकाले ११ खेल जितेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।
भारतका लागि कप्तान रोहित शर्मा सबैभन्दा बढी सफल ब्याट्सम्यान देखिएका छन् । यस विश्वकपमा रोहितले ७ खेलमा ३ अर्धशतकसहित २४८ रन बनाएका छन् । त्यस्तै सूर्यकुमार यादवले ७ खेलमा २ अर्धशतकसहित १९६ रन बनाएका छन् भने ऋषव पन्तले ७ खेलमा १७१ रन बनाएका छन् ।
त्यस्तै भारतका लागि अर्शदीप सिंह सर्बाधिक सफल बलर रहेका छन् । उनले यस विश्वकपका ७ खेलमा कुल १५ विकेट लिदै सर्बाधिक विकेट लिने बलरको सुचिमा दोस्रो स्थानमा छन् । त्यस्तै भारतका जसप्रित बुमराहले १३ कुलदीप यादवले १० विकेट लिएका छन् ।
त्यसैगरी दक्षिण अफ्रिकाका लागि यस विश्वकपमा क्वेंटन डिककले सर्बाधिक २०४ रन बनाएका छन् भने डेभिड मिलरले १४८ रन बनाएका छन् । त्यस्तै दक्षिण अफ्रिकाका बलर एनरिक नोकियाले सर्बाधिक १३ विकेट लिएका छन् भने कागीसो रबाडाले १२ र ताब्रेज शाम्शीले ११ विकेट लिएका छन् ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_ZDkKn0URjG_axcwxtknvqeezop8mi2br7tavbkgkpdpsgqzuby1a1zrjpytavt4z1x9dh58.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया