बिसौनामा पहिरो : वृद्ध दम्पती पुरिए

बलेवा (बागलुङ)- बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।
बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।
यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ । कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ । रासस

म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती

मुस्ताङमा खोलाले बगाउँदा एक युवा बेपत्ता

विपन्नलाई घर बनाउँदै म्याग्दे गाउँपालिका
_b8015joA1z_ezj2uyjyewmqg3lx0xdoeu0jtnuf6ps61uem81wsvttkkmpgl8fs3hfrljro_Gjph6DA0iz_wxllpmnfkjlcs58jd1l9abetu2lsv5n3mxk60e7r2afrm7moxymhxfvp3gcn.jpg)
जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला

पहिरोले बागलुङ-बुर्तिबाङ सडक अवरुद्ध

एउटै पालिकाका २४३८ घर बाढीपहिरोको जोखिममा

प्रतिक्रिया