कोपा अमेरिकाः ब्राजिल र कोलम्बियाको शानदार जित

काठमाडौँ- अमेरिकामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताअन्तर्गत ब्राजिल र कोलम्बियाले शानदार जित हात पारेका छन् ।
आज बिहान भएको समूह 'डी' अन्तर्गतको खेलमा ब्राजिलले पाराग्वेलाई ४-१ गोलअन्तरले पाखा लगायो ।
ब्राजिलको जितमा भिनिसियस जुनियरले २ तथा साभियो र लुकास पेक्वेटाले एक-एक गोल थपे । पाराग्वेका लागि ओमार अल्डेरेटले एक गोल फर्काए ।
यससँगै ब्राजिलले दुई खेलबाट ४ अंक जोडेको छ ।
यसै समूहको अर्को खेलमा भने कोलम्बियाले कोस्टारिकालाई ३-० गोलअन्तरले पराजित गर्यो । कोलम्बियाको जितमा लुइस डियाज, डेभिनसन सान्चेज र झोन कोर्डोबाले एक-एक गोल गरे ।
यससँगै लगातार दुई खेल जितको कोलम्बियाको ६ अंक भएको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया