पाेखरीमा डुबेका बालिकाका परिवारलाई गाउँपालिकाको राहत

जनकपुरधाम : गत साता धनुषाकाे मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पाेखरीमा डुबेर मृत्यु भएका बालिकाका परिवारलाई गाउँपालिकाले राहत उपलब्ध गराएकाे छ । गाउँपालिका अध्यक्ष मनाेज यादवले आइतबार प्रत्येक मृतकका परिवारलाई १ लाख ५१ हजार रूपैयाँका दरले राहत उपलब्ध गराएका हुन् ।
पीडित परिवारलाई अध्यक्ष यादवले घरमै पुगेर चेक हस्तान्तरण गरेका हुन् । मृतक बालिका लक्ष्मिनिया यादवका बुवा पल्टु यादव, चन्द्राकुमारी भगतका बुवा जोगिन्द्र भगत, मन्जु पुर्वेकाे बुवा राजगीर पुर्वे, चान्दनी ठाकुरका हजुर बुवा जगरनाथ ठाकुर र ललिता साहका बुवा उत्तिम साहलाई साे राहत स्वरूपकाे चेक हस्तान्तरण गरिएको छ ।
गत शुक्रबार धनुषाको मुखियापट्टी मुसरह्निया गाउँपालिका-६ लक्ष्मीपुर गाउँमा पाेखरीमा नुहाउन गएकी १२ वर्षिया लक्ष्मिनिया यादव, १० वर्षिय चन्द्राकुमारी भगत, १३ वर्षिय मन्जु पुर्वे, १२ वर्षिय चान्दनी ठाकुर र १२ वर्षिय ललिता साहसहित स्थानीय पाँच जना बालिकाकाे डुबेरका थिए ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया