वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउनदेखि अनलाइन अनिवार्य हुने- परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौँ- वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण साउन १ गते देखि पूर्णरुपमा अनलाइनमार्फत हुने भएको छ ।
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार साँझ विदेशस्थित नेपाली नियोगका प्रमुखहरू तथा कर्मचारीहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा निर्देशन दिँदै उक्त व्यवस्थाबारे स्पष्ट पारेका हुन् ।
नयाँ व्यवस्था अनुसार रोजगारदाता कम्पनीले नेपालबाट कामदार लैजाने नियोगसमक्ष पेश गरेको आवश्यक कागजातहरू साउन १ गतेदेखि अनलाइनमार्फत प्रमाणीकरण हुने भएकाले सेवाप्रवाह समयानुकुल एवम् चुस्त हुने भएको छ ।
सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा यस सेवालाई आवद्ध गरी नयाँ व्यवस्था लागू गर्न लागेको हो ।
खाड़ी मुलुक एवं मलेसियालगायत नेपाली कामदार माग हुने अन्य देशहरूमा रहेका नेपाली राजदुतावासहरूले साउन १ गते देखि मागपत्र प्रमाणीकरण अनिवार्य रुपमा अनलाइनमार्फत गर्नुपर्ने बताउँदै परराष्ट्रमन्त्री श्रेष्ठले भने, 'सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने सरकारको नीति अन्तर्गत यो व्यवस्था लागू गरिएको हो । अनिवार्य रूपमा लागू गर्न अघिनै नयाँ प्रणालीसँग अभ्यस्त हुनुका लागि आजैबाट परीक्षण सुरु गर्दा हुन्छ ।'
परराष्ट्रमन्त्री श्रेष्ठले समस्यामा परेका नेपाली नागरिकहरूको खोजतलास/उद्दार, मृतको शव झिकाउने, राहत/क्षतिपूर्ति, गुनासो सम्बोधनलगायतका अनलाइन सेवालाई सबै नियोगहरूले अनिवार्य रूपमा प्रयोगमा ल्याउने व्यवस्था गर्न पनि निर्देशन दिए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया