शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

यूरो कपः आज राति दुई खेल, जर्मनीले डेनमार्कको सामना गर्दै

काठमाडौँ- जर्मनीमा जारी यूरो कप फुटबल प्रतियोगिताअन्तर्गत आज राति दुई खेल हुने तालिका रहेको छ । प्रतियोगिताअन्तर्गत अन्तिम १६ का दुई खेल हुने भएका हुन् ।

पहिलो खेल स्विट्जरल्यान्ड र इटालीबीच हुने तालिका रहेको छ । स्विट्जरल्यान्ड र इटालीबीचको खेल नेपाली समयअनुसार आज राति ९:४५ बजेबाट सुरु हुने तय भएको छ ।

दोस्रो खेल जर्मनी र डेनमार्कबीच हुने तालिका छ । आयोजक जर्मनी र डेनमार्कबीचको खेल नेपाली समयअनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।