इरानमा राष्ट्रपतिको लागि दोस्रो चरणमा पेजेस्कियान र जलीली भिड्ने

काठमाडौँ - इरानमा राष्ट्रपति चयनको लागि दोस्रो चरणको मतदान हुने भएको छ । चार उम्मेदवार प्रतिष्पर्धामा रहेको यस निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त गर्न नसकेपछि जुलाई ५ मा दोस्रो चरणको मतदान हुने भएको हो ।
राष्ट्रपतीय निर्वाचनमा समाज सुधारक मसुद पेजेस्कियान र कट्टरपन्थी सईद जलिलीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
तेहरान टाइम्सका अनुसार मसुद पेजेस्कियानले कुल ४२.४३ प्रतिशत मत प्राप्त गरेका छन् भने जलिलीले ३८.६ प्रतिशत मत प्राप्त गरेका छन् । त्यस्तै मोहमद बाकेर क्वालिबाफले १३.७७ प्रतिशत मत प्राप्त गरेका छन् भने मोस्ताफा पोउरमोमदीले ८. ३९ प्रतिशत मत प्राप्त गरेका थिए ।
इरानी कानुन अनुसार कुनै पनि उम्मेदवारले चुनावमा ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न सकेन भने दोस्रो चरणको निर्वाचनको व्यवस्था छ । अब सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवार पेजेस्कियान र जलीलीबीच प्रतिस्पर्धा हुने भएको छ ।
मे महिनामा इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि इरानमा राष्ट्रपतिको निर्वाचन भएको हो । राष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार मतदान भएको थियो ।
तर, निर्वाचनमा करिब ४५–५३ प्रतिशत मतदान भएकाले निर्वाचनप्रति जनतामा खासै उत्साह देखिएको थिएन । यो इब्राहिम रायसी राष्ट्रपति निर्वाचित हुँदा अघिल्लो चुनावमा ४८.८ प्रतिशतको तुलनामा चार दशकमा इरानको राष्ट्रपति चुनावमा सबैभन्दा कम मतदान थियो । मार्च र मेमा भएको संसदीय निर्वाचनमा पनि ४१ प्रतिशत मात्रै मतदान भएको थियो ।

५ बजेदेखि युद्ध र सैन्य कारबाही रोक्ने सहमति भयो : भारत

पाकिस्तानी विदेशमन्त्री डारले भने- युद्धविराममा सहमति भयो

डोनाल्ड ट्रम्पको दाबी : अमेरिकाको मध्यस्थतामा युद्धविरामका लागि भारत र पाकिस्ता…

पाकिस्तानसँगको द्वन्द्वले भारतका दर्जनौं विमानस्थल अस्थायी रूपमा बन्द
भारतको ‘अप्रेशन सिन्दूर’विरूद्ध पाकिस्तानले सुरु गर्यो ‘बुनयान-उल-मरसूस’

ट्रम्प मध्यपुर्वमा निस्कनुअघि अमेरिकन रक्षा सचिवको इजरायल भ्रमण रद्द

भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दावी

प्रतिक्रिया