युरोकपमा आज इङल्याण्ड र स्लोभाकिया खेल्दै

काठमाडौँ - जारी युरोकप अन्तर्गत आज इङल्याण्ड र स्लोभाकियाबीच खेल हुँदै छ । नेपाली समय अनुसार यो खेल राति ९: ४५ बजेदेखि शुरु हुँदै छ ।
इङल्याण्ड समूह सी मा शीर्ष स्थानमा रहँदै नक आउट चरणमा पुगेको हो । इङल्याण्डले एक खेल जितेको थियो भने २ खेलमा बराबरी खेलेको थियो । इङल्याण्डले पहिलो खेलमा सर्बियालाई १-० गोल अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा डेनमार्कसँग १-१ गोलको र तेस्रो खेलमा स्लोभेनियासँग गोलरहित बराबरी खेलेको थियो ।
त्यस्तै स्लोभाकिया समूह इ मा तेस्रो स्थानमा रहेर नक आउटमा पुगेको हो । स्लोभाकियाले समूह चरणका ३ खेल मध्ये एक खेलमा जित, एक बराबरी र एक हर बेहोरेको थियो । स्लोभाकियाले पहिलो खेलमा बेल्जियमलाई हराएको थियो । त्यस्तै दोस्रो खेलमा युक्रेनसँग २-१ गोलले पराजित भएको थियो भने तेस्रो खेलमा रोमानियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।
इङल्याण्ड र स्लोभाकियाबीच अहिलेसम्म ६ खेल भएको छ । जसमा इङल्याण्डले ५ खेल जितेको छ भने एक खेल बराबरी भएको थियो । इङल्याण्डले अहिलेसम्म युरोकपको उपाधि जित्न सकेको छैन भने अघिल्लो युरोकपको उपविजेता बनेको थियो ।
त्यस्तै स्लोभाकिया यस अघि २०१६ को युरोकपमा नक आउटमा पुगेको थियो भने यो सहित दोस्रो पटक नक आउटमा पुगेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया