असार मसान्तसम्म ग्वार्को फ्लाइ ओभर नबन्ने पक्का (फोटो फिचर)

काठमाडौँ - असार मसान्तसम्म ग्वार्को फ्लाइ ओभर नबन्ने पक्का भएको छ । सडक विभागको गुणस्तर अनुसन्धान विकास केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) राकेश महर्जनले ग्वार्कोको फ्लाइ ओभरमा असार सम्ममा गाडी कुद्ने बताएका थिए । अहिले फ्लाइओभर निर्माणको अवस्था हेर्दा असारमा गाडी नगुड्ने पक्का भएको हो । अहिले माटो हालेर पेल्ने काम भइरहेको छ । यता बी एण्ड बी हस्पिटल तर्फ काम सुरु भएकै छैन ।
फ्लाई ओभर निर्माणका लागि २०७८ माघ २७ गते निर्माण कम्पनी आशिष-समानान्तर-रेलिगेर जेभीले ठेक्का पाएको हो । सम्झौता गरिएको दुई वर्षमा काम सक्ने गरी निर्माण अवधि तोकिएको थियो । तर चार वर्षसम्म पनि काम सकिने छाँट छैन । चौतर्फी रूपमा चक्रपथ सडक खण्डमा ट्राफिक जामलाई व्यवस्थापन तथा सहज नियन्त्रण गर्न यो परियोजना सरकारले सुरु गरेको हो । यसको कुल लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ छ ।

हुम्ला–मुगु लिङ्क रोडः लोतीखोलामा ‘बेलीब्रिज’ जडान

सुक्खा पहिरोले बेनी–जोमसोम सडकमा आवतजावत रोकियो

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गर…

बस्ती जोगाउन गेग्रान पन्छाउँदै पालिका

तीन वर्षमा पनि बनेन मध्यपहाडीको दुई किमि सडक

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

प्रतिक्रिया