एकीकृत समाजवादीको काठमाडौंमा र्याली

काठमाडौँ - नेकपा एकीकृत समाजवादीले काठमाडौंमा र्याली निकालेको छ ।
पार्टीको महाधिवेशन सुरु हुनु अघि समाजवादीले काठमाडौंको भृकुटीमण्डपदेखि कमलादीस्थीत प्रज्ञा प्रतिष्ठानसम्म र्याली निकालेको हो । र्यालीमा पार्टी अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायत पार्टीका नेता कार्यकर्ता सहभागी भएका थिए ।
नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनमा १ हजार ८ सय ४७ प्रतिनिधि सहभागी हुने बताइएको छ । असार २० गतेसम्म चल्ने महाधिवेशन मार्फत पार्टीका विभिन्न दस्तावेज पारितका साथै नयाँ नेतृत्व चयन गर्ने समाजवादीले जनाएको छ । समाजवादीले महाधिवेशनमा निर्वाचित हुनका लागि २१ पदाधिकारी र केन्द्रीय कमिटीको संख्या २ सय ९९ तय गरेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया