भैरहवा बैंकरोडका अधिकांश पसलमा पानी पस्यो [तस्बिरसहित]

भैरहवा- आइतबार केही बेर भएको वर्षाले भैरहवाको बैंकरोडका अधिकांश पसलहरूमा पानी पसेको छ ।
केही समय मात्रै भएको भारी वर्षाले बैंकरोडसहित प्रहरी टोल, मिलनचोक, मैत्री पथ लगायतका भैरहवाको मुख्य बजार नै जलमग्न भएको हो । पानीको निकास नभएका कारण सडकमा पानी जमेको छ । नालाबाट पानी ओभर फ्लो भएसँगै पसलहरूमा पनि पानी पसेको छ ।
घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी पानी परेपछि भने सडकमा हिलाम्यको समस्या खेप्दै आएका छन् । भैरहवाको मुख्य बजार बैंकरोड मिलनचोकमा पानी जम्दा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा प्रहरीले केही समय रोक लगाएको थियो । जिल्ला प्रहरी कार्यालय, भिम अस्पतालको परिसरमा पानी जमेको छ भने अस्पताल अगाडि रहेका पसलहरूमा पानी पसेको छ ।
नगर क्षेत्रमा भइरहेको सडक निर्माणसंगै ढल र नाला निर्माणको काम अव्यवस्थित हुँदा केही घण्टा मात्र परेको वर्षाको पानीले निकास नपाउँदा जलमग्न हुने गरेको छ ।

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्…

झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

थुनिएको म्याग्दी नदी बग्न थाल्यो

जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

कलैया-वीरगञ्ज सार्वजनिक यातायात सेवा ठप्प

हुण्डी कारोबारमा संलग्न दुई जना भारतीय नागरिक पक्राउ

प्रतिक्रिया