आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

एलओडी क्लब 'राष्ट्रको लागी २ घन्टा अभियान' वातावरण सफाइ गर्न जोड्यो

काठमाडौँ- एलओडी क्लबले सामाजिक दायित्व अन्तर्गत 'राष्ट्रको लागी २ घन्टा अभियान' मा सहभागिता जनाएको छ । 

वातावरण प्रदुषणलाई न्यूनीकरण गर्न सचेतनाको प्रवर्द्धन कार्यक्रममा सहभागिता जनाउदै क्लबका  उपाध्यक्ष राजु सिंह,निर्देशक भुपेन शमशेर कुँवर र अभियानको तर्फबाट अध्यक्ष मधु ढुंगेलले हस्ताक्षर गरेका छन् ।

प्रत्येक शुक्रवार वातावरण प्रदुषण सम्बन्धी सचेतनामूलक जिङ्गल  तथा सन्देशमुलक भिडियो युवाहरूमाझ क्लबमा देखाउनुपर्ने सम्झौता भएको हो । क्लबले अन्य बार भन्दा शुक्रवार बढी मनोरञ्जन गर्न आउनेको संख्या बढी हुने भएकाले यस भिडियोले अभियानमा थप बल पुग्ने विश्वास गरेको छ ।

जस अन्तर्गत वातावरण प्रदुषणले पृथ्वीमा रहेका प्राणी तथा जैविक विविधतामा कस्तो असर परेको छ भनेर देखाइनेछ । 

मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला र जनसंख्याको तीव्र वृद्धि नै वातावरण प्रदूषणका कारक रहेकाले आफ्नो वरिपरिको वातावरण सफा राख्न समस्त युवा तथा सचेत नागरिक  एक हुनुपर्ने क्लबका निर्देशक कुँवरले धारणा राखे ।

यस सम्झौताले क्लबलाई वातावरण तथा राष्ट्र निर्माणमा क्लब अझ जिम्मेवार बन्न प्रेरित गरेको विश्वास व्यक्त गरे ।

अहिले जलवायु परिवर्तन सबैभन्दा ठूलो चुनौती बनेको अवस्थामा मानवीय क्रियाकलाप सबैभन्दा बढी महत्वपूर्ण हुने उनले बताए ।

वातावरण सफा राख्नु हामी सबैको दायित्व रहेको उनको बुझाइ छ । क्लबमा आउने सबै ग्राहकलाई आफ्नो वरिपरिको वातावरणलाई सफा राख्न सुझाव दिए । राष्ट्र निर्माणमा हरेक मानिसको उत्तिकै योगदान रहेको कुँवरले बताए ।

'विशेष गरेर मानवीय क्रियाकलापबाट वायु, जल, भू र खाद्य व्स्तुमा प्रदूषणले असर गरिरहेको छ,' उनले भने,' क्लबमा आउने हरेक ग्राहकले आफूले वातावरणमा गर्नुपर्ने दायित्वकका बारेमा मनन गर्ने छन् ।'

त्यसैगरी, अभियानका अध्यक्ष ढुंगेलले राष्ट्र निर्माणमा हरेक मानिसको उतिकै योगदान रहने यस अभियानले बुझाउन सहयोग गर्ने बताए । 

यस क्लबसँग गरेको सम्झौताले थोरै भए पनि राष्ट्र निर्माणमा योगदान गर्न बल पुग्ने उनले विश्वास व्यक्त गरे ।

वातावरण सफा राख्नु सबैको कर्तव्य रहेको उनले बताए। 'वातावरण रहे मात्रै हामी बाँच्न सक्दछौ भन्ने हेक्का नराखी दिनानुदिन सहरीकरण बढ्दो अवस्थामा छ,' उनले समझौता पश्चात भने,' विषालु रसायनहरूको प्रयोगले गर्दा मानवजातिको मात्रै नभई पृथ्वीमा रहेका जीवजन्तु र वनस्पतिहरूको समेत नष्ट क्षणभरमै हुनसक्ने गम्भीर खालका परिवेशहरू हाम्राअगाडि आइरहेका छन्  ।'

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…