राजनीतिक दलबीच भएको छलफललाई सत्तासंगमात्रै जोडेर हेर्न हुन्न - सांसद सापकोटा

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले राजनीतिक दलबीच भएको छलफललाई सत्तासंगमात्रै जोडेर हेर्न नहुने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सापकोटाले पछिल्लो राजनीतिक घटनाक्रमलाई सत्तासमीकरण फेरवदलको रुपमा चर्चा गर्ने गरिएको भन्दै शीर्ष नेताहरूबीच छलफल हुँदा सत्तामा मात्रै जोडेर हेर्न नहुने बताएका हुन् ।
उनले अहिले नै सत्तासमिकरण फेरवदलको चर्चामा सत्यता नरहेको पनि बताए । उनले दलहरुबीचको छलफलले राष्ट्रिय मुद्दाहरुमा साझा धारणा बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै सापकोटाले शान्ति प्रक्रिया माओवादीको मात्रै बिषय नभएकाले सिंगो राष्ट्रका लागि पनि यसलाई निष्कर्षमा पुराउनुपर्ने धारणा राखे ।
शान्ति प्रक्रियालाई निष्कर्षमा पुराउनका लागि दलहरुबीच सहमतिको वातावरण बन्नुपर्ने उनको भनाइ छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया