मोलुङको गौरीडाँडामा पहिरोले पाँच परिवार विस्थापित, २३ जोखिममा

ओखलढुङ्गा- ओखलढुङ्गामा पहिरोले पाँच परिवार विस्थापित भएका छन् । अविरल वर्षाका कारण आज बिहान गएको पहिरोले मोलुङ गाउँपालिका–७ जेसे गौरीडाँडाका पाँच परिवार विस्थापित भएका र २३ परिवार जोखिममा परेका हुन् ।
पहिरोका कारण स्थानीय टेकबहादुर पहरी, पेशलबहादुर पहरी, मानबहादुर पहरी, अम्बरबहादुर पहरी र तेजबहादुर सुनुवारको घरमा क्षति भई उच्च जोखिममा रहेकाले पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए । सोही स्थानका अन्य २३ घर पनि जोखिममा छन् । जोखिमयुक्त घरपरिवारलाई सरसामान, पशुचौपायासहित सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको उनले बताए ।
पहिरोका कारण सोही वडाको रतनेमा पनि घर जोखिममा परेका छन् । पहिरोले स्थानीय पेम्बा तामाङको गोठमा बाँधेका दुईवटा भैँसी, दुई राँगा र स्थानीय मिनबहादुर तामाङको गोठ पुरिँदा एउटा राँगो पुरिएकामा उद्धार गरी सुरक्षित ठाउँमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
उनका अनुसार रतनेका भक्तबहादुर तामाङ, सिंहबहादुर तामाङ, महिरानी तामाङ, पेम्बा तामाङ र मिनबहादुर तामाङको घर पहिरोको जोखिममा रहेकाले पीडित परिवार, पशुचौपाया र सरसामान सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ ।
पहिरोले स्थानीय भुलभुले खोलाबाट पेल्टीसेटमार्फत निकालिएको विद्युतमा पनि क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । यहाँ यस वर्ष पहिरोले घर पुरिँदा एक जनाको छ । रासस

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_YPJwUBPQG5_ufep4n5cdgmhiahrqyv8k102ioyyc2b4qidkpb2vwyl1kdxqtc9yqh00ygcr.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

प्रतिक्रिया