मन त ढुंगाकै ठीक छ

न चोटले दुख्छ, न बचनले दुख्छ,
न घातले दुख्छ, न आघातले दुख्छ
पीडाहरूको त कुरै छोडौं
मधुर बाणीले पनि असर गर्ने
नरम र मुलायम हुनुभन्दा
मन त ढुंगाकै ठीक छ।।
न आँधि आउँदा उडाउने पीर छ
न बाढी आउँदा बगाउने पीर छ
ठाउँ अनि मौसमअनुसार
स्वरूप बदल्ने सुगन्धित फुलझैं हुनुभन्दा
चट्याङले पनि असर नगर्ने
मन त ढुंगाकै ठीक छ।।
न उडेर आकाश चुम्ने रहर हुन्छ,
न बतास जस्तै बहकिने डर हुन्छ
कसैको मन्द मुस्कानमा अल्झेर
शिरलाई पैतालामा रगेड्नुभन्दा
कोहि कसैलाई असर नगरी
अटल र स्थिर रहने
मन त ढुंगाकै ठीक छ।
न कसैको चाकरीमा ध्यान जान्छ,
न कसैलाई रिझाउन ज्यान जान्छ ।
आफ्नो स्वार्थ पुर्तिको लागि
अरुलाई प्रतिघात गर्नुभन्दा
बिना प्रतिवाद शान्त रहने
मन त ढुंगाकै ठीक छ।।

होम परिबागको विचारोत्तेजक पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक

पास कसरी हुने जब...

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_SVRyyl2ceW_0ajtyj5qjgevhmj0xyehjk2x25zbn6ynhi1kaeqjznotkbdoew8iopqauy7g.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

प्रतिक्रिया