राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास पुगेका छन् । उनी केहीबेर अघि शीतल निवास पुगेका हुन् ।
आजै बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि प्रधानमन्त्री प्रचण्डले पार्टीको पदाधिकारी बैठक गरेका थिए ।
माओवादी केन्द्रले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने र संसदको सामना गर्ने निर्णय गरेको छ । राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउने बताइएको छ ।
प्रधानमन्त्रीले तत्काल राजीनामा नदिएर विश्वासको मतका लागि एक महिनाको समय लिएमा नयाँ सरकारको गठन बारे के गर्ने भन्नेमा कांग्रेस-एमालेसहित राष्ट्रपतिसमेत कानुनी परामर्शमा रहेको बुझिएको छ ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया