एमाले–कांग्रेसबीचको गठबन्धन प्राकृतिक र स्वभाविक देखिएन- सापकोटा

काठमाडौँ - माओवादी केन्द्रले कांग्रेस-एमालेबीच भएको सहमति स्वाभाविक नभएको टिप्पणी गरेको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्री प्रचण्डको भनाइ उद्धृत गर्दै देश अग्रगमनतिर जानेभन्दा पनि पश्चमगमनतिर जाने संकेतहरू देखापरेको बताएको जानकारी दिएका छन् ।
नेकपा माओवादी केन्द्रको अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार बिहान पार्टी पदाधिकारी बैठकमा बिफ्रिङ गर्दै देश पश्चगमनतर्फ जानसक्ने खतरा देखिएको बताएका छन् ।
साथै सापकोटाले एमाले–कांग्रेसबीचको गठबन्धन प्राकृतिक र स्वभाविक नदेखिएको बताए । उनले वर्तमान सरकार बनेदेखि भ्रष्टाचारका विरुद्धमा ठूला–ठूला काम भएको र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सकारात्मक सन्देश गएको बेला कांग्रेस र एमालेले नयाँ सहमति गरेको बताए ।
उनले वर्तमान संविधानमा लोकतन्त्रका नयाँ मूल्य मान्यता पनि समावेश भएको बताउँदै राम्रोसँग अभ्यास नै नगरी संशोधन गरिने कुरालाई प्रत्याशित मान्न नसकिने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया