भ्रष्टाचारीको फाइल खुलेपछि बेचैन बढ्योः गृहमन्त्री लामिछाने

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको दाबी गरेका छन् । सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको जिकिर गरे ।
उनले भने, ‘तपाईंहरु नै फाइल खोल्नुपर्यो भन्नुहुन्थ्यो । भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो, यसलाई के भन्नु र मैले ?’
भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सत्ता समीकरण फेरियो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘यो बेचैनीको अर्थ के होला ? यसको के अर्थ होला ? एकाएक संविधान जोगाउन सक्ने चिन्ता कहाँबाट आयो ? यो त सबैले बुझेकै कुरा हो । अब यसको संवैधानिक प्रक्रियाहरू सुरु होला ।’
दुई ठूला दल मिलेपछि देशमा अहिले के संकट आउँदैछ भन्दै उनले प्रश्न गरे ।
उनले भने, ‘अहिले सुशासनका लागि केही मान्छेहरू पक्राउ परे ? यो देशका लागि संकट थियो कि केही भ्रष्ट मानिसहरूलाई आउन लागेको थियो । कसलाई जोगाउन खोज्या यो ? कसलाई जोगाउन रातारात परिवर्तन भयो होला ? यति पनि बुझ्न सकिँदैन र ? जनताले राम्रोसँग बुझेका छन् ।’

१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकाे छ मन्त्री दाहाल

देशका लागि योगदान गर्ने व्यक्तिहरू नेता : प्रधानमन्त्री ओली

मधेश प्रदेशका जनतालाई राहत उपलब्ध गराउन सरकारको ध्यान केन्द्रीत छ: उर्जामन्त्री …

प्रधानमन्त्रीबाट गुरुकूलका वटुकको स्वास्थ्योपचारका लागि अक्षयकोषको घोषणा

बागमती प्रदेश : कांग्रेस संसदीय दलका नेता फेर्न प्रस्ताव, चार मन्त्रीद्वारा राजी…

सरकार जनताको साथमा छ : प्रधानमन्त्री ओली

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

प्रतिक्रिया