अवलोकन टोलीको प्रतिक्रिया : बञ्चरेडाँडा ल्याण्डफिल साइटमा सबै फोहोर लैजाने क्रम तत्काल रोक्नुपर्छ

काठमाडौँ- काठमाडौँ महानगरपालिकाबाट गएको एक टोलीले बञ्चरे क्षेत्रको निरीक्षण तथा अवलोकन गरेको छ । निरीक्षणका क्रममा टोलीले बञ्चरे डाँडास्थित ल्याण्डफिल साइटमा सबै प्रकारका फोहोरहरू लैजाने क्रम तत्काल रोक्नुपर्ने प्रतिक्रिया दिएको छ ।
टोलीले पुनःप्रयोग गर्न सकिने सामान र कुहिएर मल हुने कच्चा पदार्थ पनि साइटमै लगिएको बताएको छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामान पनि फोहोर बनाएर साइटमा लगिएको प्रतिक्रिया टोलीको छ । यस क्रमलाई रोक्न सके मात्र साइटको आयु बढाउन योगदान हुने उनीहरूको भनाइ छ ।
टोलीले महानगरपालिकाले यस दिशामा काम गरिरहेको उल्लेख गरेको छ । उत्पादित फोहोर व्यवस्थापनमा व्यक्ति व्यक्तिको दृष्टिकोण तथा व्यवहार परिवर्तन र साझेदारहरूका बीचमा एउटै धारणा निर्माणको कामलाई प्राथमिकता दिने पनि उनीहरूको भनाइ छ ।
अवलोकन टोलीका अनुसार बञ्चरे क्षेत्रमा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने, साइटमा पुगेको फोहोरको पनि मात्रा घटाउने र यसलाई ग्याँस उत्पादनजस्ता उद्योगको कच्चा पदार्थका रूपमा रुपान्तरण गर्ने कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेको छ ।

प्रहरी महानिरीक्षक थापाले रोपे रूद्राक्ष र निमको रूख

काठमाडौँमा दिक्तेलका मेयरले सुरु गरे ‘सत्याग्रह’

रोटरी क्लब अफ बानेश्वरद्वारा रोटरी वृक्ष तथा फलफूल नर्सरी स्थापना र वृक्षारोपण …

गुल्मीमा आगलागीबाट युवतीको निधन

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_0O8QhAlE6k_2vzg2foq2otp41cccjptjdw4ph4gyjugsycdpo2j1dx3jd0e52x3ipwr3jj1.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

प्रतिक्रिया